स्वदेश फर्किए देउवा दम्पती
काठमाडाैं | कात्तिक २९, २०८२
काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्किएका छन् ।
जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।
जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए ।
उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

